Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘ग्रिनसिफ्ट एम्बेस्डर’ छनौटका लागि आवेदन आह्वान

‘ग्रिनसिफ्ट एम्बेस्डर’ छनौटका लागि आवेदन आह्वान


काठमाडौं । युरोपियन युनियन (ईयू)को सहयोगमा क्रिएसन नेपालले ‘ग्रिनसिफ्ट एम्बेस्डर’ छनौटका लागि आवेदन आह्वान गरेको छ । ग्रिनसिफ्ट परियोजनाअन्तर्गत वातावरण संरक्षणप्रति युवाहरूलाई सचेतना जगाउनका लागि ‘ग्रिनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आह्वान गरिएको हो ।

ईयूको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न ‘ग्रिनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण पहलको रूपमा सावित हुने क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले बताए । अध्यक्ष मिश्रले यस अभियानमार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराउने जानकारी दिए । परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रिनसिफ्ट परियोजनाको भिजनअनुसार दिगो भविष्य निर्माणका लागि युवाहरूको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई शिक्षित गरिने बताए ।

परियोजना सञ्चालिन बागमती, लुम्बिनी र मधेश प्रदेशबाट एक एक जना ‘ग्रिनसिफ्ट एम्बेस्डर’ युवालाई छनौट गरिनेछ । ‘ग्रिनसिफ्ट एम्बेस्डर’ छनौट भएका युवाहरूलाई आफ्नो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् । ‘ग्रिनसिफ्ट एम्बेस्डर’ले नीति र अभ्यासबीचको खाडललाई कम गर्न निर्णायक भूमिका निर्वाह गर्नेछन् ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार वर्ष समायवधिका लागि बागमती, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सञ्चालन गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रूपमा रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x