Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड


वासिङ्टन डिसि । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । इन्ट्राडे कारोबारमा सुनको मूल्यले प्रतिऔँस २४ सय ८८ डलरको उचाइ चुमेको छ । जुन अहिलेसम्मकै धेरै मूल्य हो । यद्यपि बुधबार साँझसम्म सुनको मूल्य उच्चतम विन्दुबाट घटेर २४ सय ६५ डलर प्रतिऔँसमा कारोबार भइरहेको छ ।

अमेरकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना बढेपछि सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । फेडले ब्याजदर घटाउँदा डलरमा लगानी गरिरहेका लगानीकर्ताले सुनतिर आकर्षित हुने भएकाले माग बढ्न गई मूल्य बढ्न जान्छ ।

फेडरल रिजर्भका अध्यक्ष जोरोम पावेलले सोमबार मुद्रास्फीति दर दुई प्रतिशतको लक्ष्यभित्र आउनुभन्दा अघि नै ब्याजदर कटौती हुनसक्ने सङ्केत गरेका थिए । त्यसपछि लगानीकता सुनतर्फ आकर्षित भएका हुन् । ब्याजदर घटेमा सुनको भाउ थप बढ्नसक्ने विश्लेषकहरुले बताएका छन् ।

विश्लेषकहरुले ब्याजदर घट्ने, भू–राजनीतिक जोखिम र विश्वव्यापी मन्दीको खतराको कारण यस वर्ष सुनको मूल्य बढेर २७ सय डलरसम्म पुग्न सक्ने बताउँदै आएका छन् । नेपाली बजारमा पनि सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँँमा कारोबारभएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x