एक किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी तथा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले राससलाई जानकारी दिए । उनले भने, “कतार एअरलाइन्सबाट यही साउन १ गते नेपाल आएका नाइजेरियन नागरिक ओबोडोइफुलाले ल्याएको उक्त कोकिनसहित भारतीय नाकगरिक अन्सारीलाई ठमेलबाट पक्राउ गरिएको हो ।”
उक्त कोकिन लिएर आएका नाइजेरियन नागरिक ओबोडोइफुलालाई पनि काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरिएको प्रमुख आचार्यले बताए । उक्त कोकिन लिन आएका अन्सारी इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौँ आएका खुल्नमा आएको ब्यूरोले जनाएको छ ।
उक्त कोकिन क्याप्सुल बनाएर ज्याकेटमा लुकाएर कतारदेखि ल्याएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया