नेपाल राष्ट्र बैंकको लागि तरलता व्यवस्थापन कार्य पेचिलो बन्दै गएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप पर्याप्त बढेको तर कर्जाको माग न्यून हुँदा बैंकिङ क्षेत्र अधिक तरलताको समस्यामा छन् ।
वित्तीय प्रणालीमा चाहिनेभन्दा बढी रकम मौज्दात हुँदा अनुत्पादक क्षेत्रमा कर्जा बढ्नसक्ने र निक्षेपको दुरुपयोग हुनसक्ने सम्भावना हुन्छ । सोही कारण राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ । राष्ट्र बैंकले विभिन्न किसिमको रिभर्स रिपो, निक्षेप सङ्कलन उपकरणलगायतका मौद्रिक उपरणहरू जारी गरेर वित्तीय प्रणालीमा भएको पैसा नियन्त्रण गर्छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा २७ खर्ब पाँच अर्ब ६० करोड रुपैयाँ निक्षेप प्रशोचन गरेको देखिन्छ । निक्षेप सङ्कलन बोलकबोलमार्फत १० खर्ब ६० अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत १६ खर्ब ४५ अर्ब ३० करोड गरी कुल २७ खर्ब पाँच अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो । अधिक तरलता नियन्त्रणमा राख्नकै लागि राष्ट्र बैंकले बुधबार पनि २१ दिनमा परिपक्व हुनेगरी ५० अर्ब रुपैयाँबराबरको निक्षेप सङ्कलन उपकरण बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार खुला बजार कारोबारमार्फत तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्ने गरिएको छ ।बैंक तथा वित्तीय संस्थाहरूले समीक्षा अवधिमा राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत आठ खर्ब तीन अर्ब ५६ करोड गरी कुल आठ खर्ब चार अर्ब ७६ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणहरूमार्फत खुद ५२ खर्ब ४८ अर्ब १६ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरूबाट अमेरिकी डलर पाँच अर्ब ३५ करोड खुद खरिद गरी सात खर्ब १० अर्ब ९१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर पाँच अर्ब २६ करोड खुद खरिद गरी छ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ६४ करोड बिक्री गरी चार खर्ब ८४ अर्ब ४४ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर चार अर्ब ३० करोड बिक्री गरी पाँच खर्ब ६२ अर्ब १९ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । २०८१ जेठ मसान्तमा एक लाख २३ हजार छ सय ५६ ऋणीलाई प्रवाह भएको एक खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार एक सय ४२ ऋणीलाई प्रवाह भएको ९२ अर्ब छ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७३ हजार तीन सय ८५ महिला उद्यमीलाई प्रवाह भएको ४० अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार एक सय २९ ऋणीको एक अर्ब ७७ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया