Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौद्रिक नीति सार्वजनिक गर्ने तयारी

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी


काठमाडौं,मौद्रिक नीति तर्जुमा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक शुक्रबार (आज) बिहान बस्ने भएको छ । स्रोतले दिएको जानकारीअनुसार व्यवस्थापन समितिले पास गरेको मौद्रिक नीतिको मस्यौदालाई सञ्चालक समितिले अनुमोदन गर्नका लागि शुक्रबार बैठक बस्न लागेको हो ।

सञ्चालक समितिले मस्यौदा अनुमोदन गरेमा शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक हुनेछ । गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर मौद्रिक नीतिबारे ‘ब्रिफिङ’ गरेका थिए ।
अर्थतन्त्र सुस्त बनिरहेको बेला गभर्नर अधिकारीमाथि लचक नीति लिन दबाब छ । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले पनि गभर्नर अधिकारीले बजार चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंक स्रोतले पनि मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउने गरी नै आउने बताएको छ । खासगरी निजी क्षेत्र र बैंकहरूको समस्या समाधान गर्नेगरी नै मौद्रिक नीति आउने स्रोतको दाबी छ ।
निजी क्षेत्रले चालू पुँजी कर्जा मार्गदर्शनको कारण कर्जामा समस्या भएको भन्दै राष्ट्र बैंकलाई लचिलो बन्न माग गर्दै आएका छन् । अर्थ मन्त्रालयले पनि अर्थतन्त्र चलायमान बनाउन कर्जा विस्तारमा जोड दिइरहेको छ । वित्तीय प्रणालीमा निक्षेप थुप्रिँदै जाने तर कर्जाको माग नहुने स्थितिको अन्त्य हुनुपर्ने भन्दै अर्थ मन्त्रालयले कर्जा विस्तार बढाउनुपर्नेमा जोड दिएको छ । सोहीअनुसार मौद्रिक नीति तर्जुमा हुने राष्ट्र बैंक स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x