Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभावी प्रधानसेनापतिको नागरिकता विवादबारे गलत प्रचारबाजी

भावी प्रधानसेनापतिको नागरिकता विवादबारे गलत प्रचारबाजी


नेपाली सेनाले नेपाली सेनाका प्रवक्ता गौरव केसीमार्फत भावी प्रधानसेनापति भनिएका जर्नेल अशोकराज सिग्देलका जन्ममिति, नागरिकता र शैक्षिक प्रमाणपत्रका बारेमा गलत प्रचारबाजी सुरु गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार पत्रकार सम्मेलन गरेर त्यस्तो प्रचारबाजी सुरु गरेको हो । यस्तै जन्ममिति विवादमा भावी सेनापति भनिएका ताराध्वज पाण्डे गत कात्तिकमा राजीनामा दिएर जागीर छाडेका थिए । यस्तै उमेर विवादमा कर्नेल दीरेन्द्र मल्ल केही दिनअघि मात्र बर्खास्त भएका थिए तर यस्तै उमेर विवादको चक्रब्यूहमा परेका अशोकराज सिग्देलको फरक–फरकको जन्ममिति र थरीथरीका नागरिकताका बारेमा उठेका विवादमा चाहिँ जङ्गी अड्डाले छानवीनमा कुनै चासो देखाएको छैन् । २०७६ साल जेठ १८ गते अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा रथी हुँदा तत्कालीन सहायक रथीबाट उपरथी हुनेबेला विवाद आउँदा तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले छानबिन गर्न लगाएका थिए र उनैले अशोकराज सिग्देल र निर्मल थापाका बारेमा छानबिन गरेर ‘क्लीन चिट’ दिएका थिए ।

त्यसअघि उतिबेला भावी सेनापति भनिएका प्रेम शाहीको यस्तै विवादमा उनीभन्दा तल्लो तहका ताराध्वज पाण्डेलाई छानबिन गर्न लगाइयो र उनले शाहीलाई दोषी देखाएर आफू माथि आउने बाटो खोलेका थिए ।
दिरेन्द्र मल्लको पनि महासेनानीबाट सहायक रथी हुन सिफारिस भएपछिको छानबिनमा दोषी ठह¥याएर बर्खास्त गरिएको छ । तर, यस्तै विवाद–विवादका बीच रहेका सिग्देललाई उपरथीबाट रथी हुनेबेलामा उजुरी लिने सम्बन्धका विगतको परम्परा र मापदण्ड नै परिवर्तन गरेर बहालवाला सैनिकले आफ्नो नाम, उमेर दर्जा सबै खोलेर उजुरी मागियो र उजुरी गर्न अघोषितरूपमा प्रतिबन्ध लगायो । अनि उजुरी नै परेन भनेर उनको बढुवा गरिएको थियो ।

त्यसपछि उनको जन्ममिति विवाद, नागरिकता विवाद शैक्षिक प्रमाणपत्र विवादका विषयमा मिडियाले प्राप्त प्रमाणहरू सार्वजनिक गरेका थिए । त्यसलाई खण्डन गर्न जङ्गी अड्डाले बिहीबार पत्रकार सम्मेलन गरेको हो तर मिडियामा छताछुल्ल भएका प्रमाणको खण्डन हुने अर्को कुनै प्रमाण सैनिक प्रवक्ता केसीले सार्वजनिक गर्न सकेका छैनन् । अपराध लुकाउन मिडियामाथि विष ओकल्नेबाहेक प्रवक्ता केसीले केही गरेका छैनन् । प्रधानसेनापति प्रभुराम शर्माले आगामी चदौ २४ देखि नेपाली सेनाबाट अवकाश पाउँदैछन् र त्यसका लागि उनले एक महिनाअघि साउन २४ गतेदेखि बिदामा बस्नुपर्ने हुन्छ ।

उनी बिदा बस्दा उनले आफूमुनिको रथीलाई निमित्त दिनुपर्ने हुन्छ । अहिले सेनामा दोस्रो वरीयतामा तिनै विवादित जर्नेल अशोक सिग्देल रहेका छन् । उनका बारेमा उठेका विवादको छिनोफानो नगरी सेनाको नेतृत्व सुम्पिँदा राष्ट्रिय सुरक्षा नै प्रभावित हुनसक्ने भनी उनको विवादबारे गम्भीर छानबिनको माग उठिरहेको बेला सेनाले पत्रकार सम्मेलन गरेर उनको विवादका बारेमा ढाकछोप गर्ने कोसिस गरिएको हो । ढड्डामा उनको जन्ममिति २०२१÷१२÷१९ रहेको छ र त्यसलाई काटेर २०२३÷१०÷१९ बनाइएको छ त्यसैअनुसारको नागरिकता बनाइएको छ । यस विषयमा संगठित अपराध भएको देखिएको छ र त्यसमाथि निष्पक्ष छानबिनको माग उठिरहेको बेला नवगठित सरकारलाई दबाब दिन सेनाले निर्णायक मोडमा पत्रकार सम्मेलन गरेर गल्ती ढाकछोप गर्ने प्रयास गरेको तथ्यचाहिँ जहाँको त्यहीँ छ ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x