Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबारामा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन

बारामा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन


उमेश दुबे
बारा, असार ९
प्रशासन र स्थानीय जनप्रतिनिधिकै सहयोगमा बन्द गरिएको क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा आएको छ । बारा जिल्लाको निजगढ, फेटा कचोर्वा लगायतमा रहेका दर्जनौ क्रसर उद्योगहरु स्थानीय जनप्रतिनिधि र प्रशासनको सहयोगमा मापदण्ड विपरीत सञ्चालनमा आएको हो ।

केही आर्थिक चलखेलका कारण स्थानीय जनप्रतिनिधि र प्रशासनको सहयोगमा मापदण्ड विपरीत क्रसर उद्योगहरु सञ्चालनमा आउनुको साथै धमाधम नयाँ क्रसर उद्योगहरु थपिदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । बाराको निजगढमा ६ वटा क्रसर उद्योग सञ्चालनमा आएको थियो तर प्रशासन र स्थानीय जनप्रतिनिधिले आर्थिक चलखेल गर्न थालेपछि निजगढमा दर्जनौ क्रसर उद्योग सञ्चालनमा आएको छ । फेटा गाउपालिकामा मात्रै ५ वटा क्रसर सञ्चालनमा आएका छन् ।

यसअघि त्यस क्षेत्रमा २ वटा क्रसर उद्योग सञ्चालनमा थियो । विगतमा घरेलु तथा कम्पनी राजिष्ट्रार कार्यालयबाट दर्ता भई क्रसर उद्योग सञ्चालन भएपनि सरकारले २०७१ सालमा क्रसर उद्योगको मापदण्ड परिवर्तन गरेपछि स्थापना भएका सबै क्रसर उद्योग कानुन विपरीत रहेका छन् । सरकारले लागु गरेको नियम विपरीत क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिन स्थानीय सरकार र प्रशासनहरु नै अग्रसर देखिएका छन् । क्रसर मालिकहरुले स्थानीय सरकार र प्रसासनलाई मासिक रुपमा रकम दिने गरेको समाचार स्रोतले जनाएको छ । व्यक्तिगत लाभ र राजनीति स्वार्थका कारण क्रसर उद्योग सञ्चालन गर्न दिइएको स्थानीयले आरोप लगाए ।

नियम विपरित क्रसर उद्योग सञ्चालन गर्न दिनुमा स्थानीय तहदेखी मन्त्रालयसम्म नै दोषी रहेको स्थानीयहरुको ठहर रहेको छ । नदी, खोला, बन जंगल र राष्ट्रिय राजमार्गबाट ५ सय मिटर कम दुरीमा क्रसर उद्योग सञ्चालन गर्न पाइदैन तर स्थानीय जनप्रतिनिधि र प्रशासनको सहयोग पाएपश्चात २ सय मिटर पनि नपर्ने ठाउहरुमा क्रसर उद्योग सञ्चालनमा आएको हो ।

शान्ति सुरक्षाको जिम्मेवारी लिने प्रहरी प्रशासन नै जब गैर जिम्मेवारी पूर्ण तरिकाले क्रसर उद्योग सञ्चालकहरुलाई ढाकछोप गर्न थालेपछि आम सर्वसधारणमा चर्चाको बिषय बन्न थालेको छ । तसर्थ यस बिषयमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x