पोखरामा पाँच अर्ब ५७ करोड राजस्व संकलन
पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको आर्थिक वर्ष २०८०/८१ मा पाँच अर्ब ५७ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले छ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । सोमध्ये ८७ दशमलव १९ प्रतिशत लक्ष्यको हासिल भएको प्रगति भएको कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।
शर्माका अनुसार आर्थिक वर्ष आव २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलन सात प्रतिशतले वृद्धि भएको हो । कार्यालयले आव २०७९/८० मा पाँच अर्ब २२ करोड ६० लाख रुपैयाँ राजस्व उठाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४ करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०/८१ मा आयकरतर्फ तीन अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि कर(भ्याट)बाट एक अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ १६ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कार्यालय प्रमुख शर्माले राजस्व संकलनको लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि हुनु सकारात्मक भएको बताए । अर्थतन्त्र चलायमान नभइरहेको अवस्थामा राजस्व संकलनमा वृद्धि हुनु राम्रो भएको उनले बताए । पोखरामा राजस्व वृद्धिमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । पर्यटन चलायमान बनेकाले राजस्व संकलनमा सहयोग पुगेको हो । यस वर्ष पुरानो बक्यौता उठाउन बढी केन्द्रित भएर काम गरेका कारण राजस्व संकलन बढेको शर्माको भनाइ छ । आन्तरिक राजस्व कार्यालय पोखरामा ६० हजार व्यावसायिक करदाता छन् । यस्तै, व्यक्तिगत प्यान लिनेको संख्या एक लाख ५० हजार र मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता करिब १२ हजार छन् ।
क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया