Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ एक्सप्रेस म्यूजिक फोन नोकिया ५३१० सार्वजनिक

नयाँ एक्सप्रेस म्यूजिक फोन नोकिया ५३१० सार्वजनिक


काठमाडौं, असार ९
नेपाली बजारमा एकदम लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजीक मोबाइल १२ बर्ष पछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि. ले यो मोबाइल नेपाली बजारमा ल्याएको हो । म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो ।

नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्युजीक क्वालिटिलाइ ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्पनिको दावी छ । नोकिया ५३१० फोनमा वायरलेस एफ. एम. रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ । यसको बक्समा एयरफोन पनि राखिएको छ ।

कम्पनीका अनुसार यसमा २.४ इन्चको क्यूभिजिए डिस्प्ले र पछाडि भिजिए क्यामरा, नोकिया सिरिज ३० प्लस अपरेटिगं सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम. अडियो ज्याक, ३.० ब्लूटूथ र १२ सय मेगाहर्जको बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।

नोकिया ५३१० को बजार मूल्य ५ हजार चार सय ४९ रुपैयाँ रहेको छ । यो फोन बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिने कम्पनीले जनाएको छ । साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टी उपलब्ध रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x