Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनगेन्द्रले जिते एनसेलको डिस्कभर बाइक

नगेन्द्रले जिते एनसेलको डिस्कभर बाइक


काठमाडौं । एनसेलका खुद्रा विक्रेता नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् । एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरूलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, विक्रेतालाई उपहार’ योजना सञ्चालनमा ल्याएको थियो ।

सो योजनाअन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रले बजाज डिस्कभर बाइक जित्न सफल भएका हुन् । कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरूप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यका साथ यो कार्यक्रम लागू गरेको थियो । बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रलाई एक सय २५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् । बम्पर उपहारका रूपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल चार हजार सात सय ५४ खुद्रा विक्रेताहरू मोटरसाइकलका लागि योग्य थिए । विजेता नगेन्द्र गोलाप्रथामार्फत छानिएका हुन् । यस कार्यक्रमअन्तर्गत देशभर सातै प्रदेशबाट एक हजार एक सय जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन् ।

यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै कम्पनीका सेवा र सुविधाहरूको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर र उनीहरूको व्यावसायिक सफलतालाई सहयोग प्रदान गर्ने जनाएको छ । आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैँ अनमार्फत आमउपभोक्ता र उद्यमी, व्यवसायीहरूलाई पहिलाभन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x