Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टुपिएम’ भेज र चिकेन मसला करी चाउचाउ बजारमा

‘टुपिएम’ भेज र चिकेन मसला करी चाउचाउ बजारमा


काठमाडौं । एसियन थाइ फुड्स प्रालिले टुपिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टुपिएम चाउचाउका ब्रान्ड एम्बास्डर समेत रहेका मास्टरसेफ सन्तोष शाहको रेसिपीअनुसार तयार पारिएको टुपिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो ।

‘सही छ’ भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ । टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरसेफ सन्तोष शाह बताउँछन् । उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने विश्वास लिएको बताए । नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ,’ उनले भने । केही समयअघिदेखि उत्पादन रोकिएको टुपिएम चाउचाउको पुनः उत्पादन तथा बिक्री वितरण सुरू गरेको कम्पनीले जनाएको छ । २०५६ मा स्थापित एसियन थाई फुड्स प्रालिले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो ।

विगतका २५ वर्षमा कम्पनीले रमपम, प्रिती र टुपिएमजस्ता अग्रणी ब्रान्डहरू बजारमा उपलब्ध रहेको छ । यसले टुपिएम र रमपम ब्रान्डअन्तर्गत विभिन्न स्न्याक्सहरू पनि बजारमा ल्याएको छ । अकबरे चिकन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ । यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सीफुड, चिज मसरुमजस्ता उत्पादनहरू पनि बजारमा रहिरहने कम्पनीले जनाएको छ । कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ताजस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ । कम्पनीले स्थानीयरूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टुपिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ ।

चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिकरूपमा समेत लाभ मिलेको जनाएको छ । ‘किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको छ,’ कम्पनीले भनेको छ । ‘हामी मास्टरसेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टुपिएम चिकन मसला र भेज मसला करी नुडल्स बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौं’, कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने । मास्टरसेफ शाहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टुपिएम चाउचाउ बनाएको जाजुले बताए । ६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुने यस चाउचाउले उपभोक्तालाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने जाजु बताउँछन् । कम्पनीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाउचाउको निर्यात समेत बढाउँदै लगेको छ ।

भारत, मध्यपूर्व, टर्की, अफ्रिकाजस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरी विश्वव्यापी उपभोक्ताहरूसम्म पु¥याइएको उनले बताए । २७ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपालबाट चाउचाउ र स्न्याक्सका सबैभन्दा ठूला निर्यातकर्ताहरूमा कम्पनी पर्ने उनको दाबी छ । उनका अनुसार टुपिएम चाउचाउलाई अस्ट्रेलिया, बहराइन, बेल्जियम, भुटान, क्यानडा, चीन, डेनमार्क, फिनल्यान्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेसिया, माल्टा, न्युजिल्यान्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, युएई, युके, अमेरिका, यमनजस्ता देशहरूमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले केही समयमै ‘क्यानमा स्न्याक्स’ र ‘कप नुडल्स’जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जाजुले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x