क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी
मस्को । रुसले क्रिमियामा ३३ युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका १० नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
ड्युटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत जनाएको हो । ब्लाक सी मा रहेका सेनाहरूले क्रिमियन प्रायद्वीपतर्फ गइरहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राम पोस्टले प्रष्ट पारेको छ ।
सेभास्तोपोलका गभर्नर मिखाइल रजभोजायेभले बिहीबार क्रिमियन सहरको गतिबिधि रूसी सेनाको आक्रमणको विरुद्धको बदलासँग जोडिएको बताएका थिए ।
रुसी अधिकारीहरूका अनुसार गत महिनाको अन्त्यमा मस्कोले युक्रेनमा अमेरिकी मिसाइल प्रयोग गरी क्रिमियामा घातक आक्रमण गरेको आरोप लगाएको थियो जसमा चार जनाको मृत्यु भएको थियो भने एक सय ५० भन्दा बढी घाइते भएका थिए ।
रूसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी रुसको ब्रायन्स्क क्षेत्रमा गए राती थप दुईवटा ड्रोनलाई निष्क्रिय पारिएको जनाउँदै कुनै हताहत वा क्षति नभएको स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा उल्लेख गरेका छन् ।
युक्रेनले पछिल्लो समय रूसी क्षेत्रमा आक्रमण बढाई आपूर्ति केन्द्र, ऊर्जा केन्द्रका साथै सीमापारका सहर, गाउँ र क्रिमियामा लक्षित गरेको छ । सन् २०२२ फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि दुवै पक्षले व्यापकरूपमा ड्रोनलगायतका सैन्य उपकरणको प्रयोग गर्दै आएका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया