Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपालमा

रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपालमा


काठमाडौं । मोबाइल ब्रान्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । कम्पनीले हालै यी दुई स्मार्टफोन नेपालमा सार्वजनिक गरेको हो ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्तरूप दिएको बताए । उनका अनुसार अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिस डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरूले फरक अनुभवको प्रत्याभूति दिनेछ । एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागसिप नाइट फोटोग्राफी चिपसेट र भीसी कुलिङ सिस्टमको साथ जेन जी प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरू फोनभन्दा फरक बनाउँछ । यीबाहेक मास्टरसट एल्गोरिदमले टेलिफोटो क्षमताहरू बढाउँछ । यो फोनमा एक सय २० हर्जको अल्ट्रा स्मुथ एमोल्ड डिस्प्लेको साथमा २००० निट्स लोकल पिक ब्राइटनेस रहेको छ । डाइमेन्सिटी ७०५० ५जी चिपसेटद्वारा सञ्चालित रियलमी नार्जो ७० प्रो ५जीले उत्कृष्ट पफर्मेन्स दिन्छ । यो चिपसेटले आधुनिक स्मार्टफोन प्रयोगकर्ताहरूको माग पूरा गर्दै सहज मल्टिटास्किङ, गेमिङ र समग्र प्रणालीको कार्यसम्पादन गर्ने कम्पनीको भनाइ छ ।

रियलमी नार्जो ७० प्रो ५जी मा ५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्ज रहेको छ । ग्लास ग्रिन तथा ग्लास गोल्डमा उपलब्ध होराइजन ग्लास डिजाइनले रियलमी नार्जो ७० प्रो ५जी लाई अझ बढी आकर्षक बनाउँछ । मनमोहक डिजाइन, टचलेस कन्ट्रोल र एयर जेस्चरजस्ता उन्नत सुविधाहरू यस स्मार्टफोनमा उपलब्ध छ ।

यसैगरी कम्पनीको रियलमी १२ एक्स ५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउँछ । यो फोनको पछाडि लागेको दुई एमपीको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरू खिच्छ । सेल्फीका लागि यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्सजस्ता विभिन्न फोटोग्राफी प्रकार्यसहितको आठ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा प्रदान गर्छ । रियलमी १२ एक्स ५जीमा छ दशमलव ७२ इन्चको एक सय २० हर्ज एफएचडी+ डिस्प्ले छ, जसले ९५० निट्ससम्मको ब्राइटनेस प्रदान गर्छ । यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ प्रणालीमा काम गर्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ एडप्टर र टाइप सी युएसबी पोर्ट पाउन सकिने कम्पनीले जनाएको छ ।

सात दशमलव ६९ मिलिमिटरको मोटाइ र करिब एक सय ८८ ग्रामको तौल भएको रियलमी १२ चुस्त ५जी पातलो र एकदमै रुचाइएको डिजाइनमा उपलब्ध छ । यो फोन ट्वाइलाइट पर्पल र उडल्यान्ड गरी दुई रङ्गहरूमा उपलब्ध छन् । यसका साथै हरेक फोनको खरिदमा ग्राहकहरूले आवश्यक सामानहरू प्राप्त गर्न सक्नेछन् । मेडियाक डाइमेन्सिटी ६१००+ ५जी चिपसेटद्वारा सञ्चालित रियलमी १२ एक्स५जीमा अत्याधुनिक ६एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको हुन्छ । यो चिपसेट र ओक्टा–कोरा सीपीयूको मिश्रणले यो फोनलाई बहुकार्यशाली बनाउँछ ।

कम्पनीका अनुसार रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य ३३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने रियलमी १२ एक्स ५जीको मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी दुवै फोनहरू नेपालका सम्पूर्ण आधिकारिक रियलमी विक्रेतामार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x