‘निजी क्षेत्रले वर्तमान सरकारप्रति आशा, भरोसा गर्नैपर्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई वर्तमान सरकारप्रति आशा, भरोसा हुनैपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा उनले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताए ।
अर्थतन्त्रलाई सुदृढ पार्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको उनले बताए । ‘मुलुकको प्रधानमन्त्री बन्नको लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’, उनले भने, ‘त्यसैले तपाईंहरूको आशाभरोसा हामीमाथि हुनैपर्छ ।’ कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने भन्दै उनले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने उल्लेख गरे ।
परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुनेमा जोड दिएका थिए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिँदै उनले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए । विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको उनको भनाइ थियो ।
यसैगरी परिसंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छुट्टाछुट्टै भेटेर छलफल गरेको छ । परिसंघले शुक्रबार दुवै मन्त्रीलाई भेटेर आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो । परिसंघका अध्यक्ष अग्रवालले निरन्तर घट्दो अर्थतन्त्रलाई माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए । यी क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको उनले बताएका थिए । यस्तै, युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न मुलुकमा औद्योगीकरणलाई बढावा दिइनुपर्नेमा उनले जोड दिएका थिए ।
उद्योगी व्यवसायीहरूसँगको भेटमा उद्योगमन्त्री दामोदर भण्डारीले कोभिड १९ पछि बिग्रिएको अर्थतन्त्रलाई जसरी पनि उकास्नुपर्ने बताए । प्रधानमन्त्रीले महसुस हुनेगरी प्रभावकारीरूपमा काम गर्न निर्देशन दिएको उल्लेख गर्दै उनले अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको बताए । यो सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले निजी क्षेत्रलाई स्पष्टरूपमा समस्या र समाधानको उपाय दिन समेत आग्रह गरे । यसैगरी श्रममन्त्री शरतसिंह भण्डारीले आफूले यसअघि राखेका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया