Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउडान ३० घण्टा ढिलो भएपछि एयर इन्डियाले यात्रुलाई पैसा फिर्ता दियो

उडान ३० घण्टा ढिलो भएपछि एयर इन्डियाले यात्रुलाई पैसा फिर्ता दियो


नयाँदिल्ली । सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइ भएपछि यात्रुहरूलाई भाडा पूर्णरूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ । एयर इन्डियाको पत्रमा भनिएको छ, ‘कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईँलाई पर्नगएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौँ । विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताको लागि धन्यवाद ।’

यात्रुलाई छिटोभन्दा छिटो सान फ्रान्सिस्को पुग्ने व्यवस्था गर्नु आफ्नो प्राथमिकता रहेको र यसका लागि सम्बन्धित निकायसँगको सहकार्यमा राहत उडान पठाएको पनि एयरलाइन्सले जनाएको छ ।

‘हामीले तपाईंले भोग्नुभएको अनुभवलाई मेटाउन सक्दैनौँ, हाम्रो इमानदार पश्चात्ताप व्यक्त गर्नको लागि, हामी तपाईँको यात्राको भाडा पूर्णरूपमा फिर्ता गर्नेछौँ’ पत्रमा उल्लेख छ ।

नयाँ दिल्लीबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडान प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको करिब ३० घण्टापछि अमेरिकी सहरको विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।

नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोको लागि सञ्चालन हुने उडानलाई जुलाई १८ मा प्राविधिक कारणले रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको थियो । एयर इन्डियाले शनिबार एल–११७९ उडान सान फ्रान्सिस्कोमा सुरक्षितरूपमा पुगेको जनाएको छ ।

एयर इन्डियाको केजेएमा कर्मचारी नभएकोले यात्रुहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन तेस्रो पक्षमार्फत सहयोग व्यवस्था गरेको थियो । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x