Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार


गाजा । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ । हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ । सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए ।

‘हामी (चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली)ले तुरुन्तै आपत्कालीन शल्यक्रिया गरी भ्रुणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौँ,’ ती सर्जन हुसेनले एएफपीसँग भने । अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ । शिशुलाई ‘इन्क्युबेटर’मा राखी थप रेखदेख र उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x