Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छन् । काठमाडौंमा हालै सम्पन्न मञ्चको २०औँ वार्षिक साधारणसभामा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो ।

यसैगरी मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त भएका छन् । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकाङ्क (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरू संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्यसमितिको अवधि एक वर्ष हुन्छ । मञ्चको कार्यसमिति सदस्यमा सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ र सुविन श्रेष्ठ नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सहारा जोशी पदेन सदस्यका रूपमा रहने छिन् ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले ‘आकांक्षा’ थिममा आफ्नो कार्ययोजना ‘भिजन २०२५’ सार्वजनिक गरेका छन् । उत्कृष्टता, प्रगति र नवीनतालाई जोड दिएको उनको कार्ययोजनाको लक्ष्य मञ्चका प्रत्येक सदस्यलाई सम्भावनाको अधिकतम उपयोग गर्न सक्ने तहमा पुग्ने गरी सशक्तीकरण गर्नु रहेको छ । नेटवर्किङ, सिकाइ तथा विकास, प्रगति र संस्थाको प्रवर्द्धन तथा ब्रान्डिङलाई श्रेष्ठले प्राथमिकताको क्षेत्र भनेका छन् । नयाँ कार्यसमितिले मित्र प्रणाली, मेन्टरसिप कार्यक्रम, मिनी ओलम्पिक, उद्यमशीलतासम्बन्धी छलफल, खेल गतिविधि, मनाङसम्मको मोटर¥याली र अन्तर्राष्ट्रिय यात्राका कार्यक्रमहरू गर्नेछ । घोषित लक्ष्यप्राप्तिका लागि अन्तर्राष्ट्रियस्तरका वक्ताको प्रवचन, कक्षाकोठा र प्रयोगमा आधारित सिकाइ कार्यक्रम पनि सञ्चालन गर्ने योजना छ ।

उक्त कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन्न च्याप्टरलाई सम्मान समेत गरिएको थियो । ललितपुर च्याप्टरले बेस्ट भ्यालु मेम्मर्स च्याप्टर २०२४ उपाधि प्रदान गरिएको थियो भने जनकपुर च्याटरलाई बेस्ट रिभाइभिङ च्याप्टरको रूपमा सम्मानित गरियो । रुपन्देही च्याप्टरले बेस्ट आईडीया एन्ड इन्नोभेसन च्याप्टर तथा काठमाडौं र जनकपुरले संयुक्तरूपमा बेस्ट च्याप्टरको अवार्ड पाए । हाल देशभर मञ्चका १३ च्याप्टर छन् भने आठ सय ५० भन्दा बढी युवा उद्यमी सदस्यको रूपमा आबद्ध छन् । मञ्चमा आबद्ध उद्यमीबाट सञ्चालित उद्योग, व्यवसायमा ३० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x