Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानमा कर्पोरेट दिवालियापन एक दशक यताकै उच्च

जापानमा कर्पोरेट दिवालियापन एक दशक यताकै उच्च


टोकियो । जापानमा विभिन्न कारणले दिवालियापन (टाट उल्टिने) उद्यमी व्यवसायीको संख्या उच्च दरमा बढेको छ । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा दिवालियापनको संख्या बढेको हो । क्रेडिट रिसर्च कम्पनी ‘टेइकोकु डाटा बैंक’को सर्वेक्षणले यस वर्षको पहिलो छ महिनामा दिवालियापन हुनेको संख्या २२ प्रतिशत बढेको देखाएकोे छ ।

जनवरीदेखि जुनसम्म चार हजार आठ सय ८७ व्यक्ति दिवालिया भएका छन् । जुन सन् २०१४ यताकै सबैभन्दा धेरै संख्य हो ।

दिवालिया हुनेमा उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुला क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको सर्वेक्षणले देखाएको छ ।

यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक परिदृश्य थप जटिल भएको छ ।

टेइकोकुले निजी खपतमा कमीबाहेक कर्पोरेट दिवालिया हुने संख्या अझ बढ्नसक्ने अनुमान गर्दै यो सम्भवतः सन् २०२४ को सम्पूर्ण वर्षमा १० हजारभन्दा बढी हुने बताएको छ ।

जापानी कम्पनीहरूले जुन महिनामा मात्रै कूल आठ सय सात कानूनी लिक्विडेशन प्रक्रिया अघि बढाएका छन् । यो वार्षिक रूपमा वृद्धिको लगातार २६ औँ महिना हो ।

साना तथा लघु उद्यमहरु सबैभनदा बढी प्रभावित भएका छन् । बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा जापानी मुद्रा येनको निरन्तर अवमूल्यन भएका कारण आर्थिक परिदृश्य थप जटिल बन्दै गएको देखिन्छ । टेइकोकुले कमजोर व्यक्तिगत उपभोको कारण कर्पोरेट दिवालियाहरुको संख्या थप बढ्नसक्ने प्रक्षेपण पनि गरेको छ । सन् २०२४ को अन्तिममा यस्तो संख्या १० हजार पुग्नसक्ने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x