अन्नपूर्ण होटलमा सञ्चालित क्यासिनो फुकुवा गर्न चलखेल
काठमाडौं , काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्नपूर्णभित्र एटलान्टिक रिक्रियसन प्रालिद्वारा सञ्चालित क्यासिनो सञ्चालन गर्न चलखेल भएको छ । चार वर्षअघिदेखि बन्द रहेको होटल अन्नपूर्णमा क्यासिनो सञ्चालन भएको भन्दै विवाद भएपछि पर्यटन विभागले क्यासिनोलाई निलम्बन गर्दै बन्द गर्न निर्देशन दिएको थियो तर अहिले नयाँ सत्ता समीकरणसँगै होटल र क्यासिनोका सञ्चालकहरू क्यासिनोको निलम्बन फुकुवा गर्न लागिपरेको स्रोतले दाबी गरेको छ ।
क्यासिनो प्यालेसको अन्डरग्राउन्ड अवैधरूपमा अनलाइन ‘जुवाखाल’ सञ्चालन गरेको काण्डमा समेत केही समयअघि भारतको पञ्जाब घर भएका ऋषभ पावा, क्यासिनो प्यालेसका मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरव चोपडा पक्राउ परेका थिए । चार वर्षदेखि बन्द रहेको होटल अन्नपूर्णकै परिसरमा क्यासिनो सञ्चालन रहेको भन्दै केही समयअघि पत्र काटेर बन्द गराएको पर्यटन विभागले विभागका महानिर्देशक रुद्र पण्डितको मिलेमतोमा पुनः खुलाउन चलखेल गरेको बताइएको छ ।
केही पर्यटन व्यवसायीहरूको समेत मिलेमतोमा होटलका सञ्चालकहरू र क्यासिनोका सञ्चालकहरू समेत निलम्बित भएको क्यासिनो फुकुवा गराउन लागि परेका छन् भने यसमा पर्यटन विभागका महानिर्देशक पण्डितले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको स्रोतले दाबी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया