भारतले रोक्यो ५० अर्बको चिनियाँ लगानी
नयाँ दिल्ली, असार ९
भारतको महाराष्ट्र सरकारले तीनवटा ५० अर्ब भारुबराबरका चिनियाँ परियोजना ‘होल्ड’ गरेको छ । चीनसँगको झडपमा पूर्वी लद्दाखमा २० भारतीय सैनिक मारिएपछि केन्द्र सरकारको विशेष निर्देशनमा महाराष्ट्र सरकारले सम्झौता भइसकेका तीन परियोजनामा अघि नबढ्ने निर्णय गरेको हो ।
उक्त परियोजनाबारे चिनियाँ कम्पनीसँग सीमामा दुई देशबीच तनाव हुनुअघि नै सम्झौता भएको थियो । भारतीय विदेश मन्त्रालयले उक्त परियोजनाबारे चिनियाँ कम्पनीसँग अरु सम्झौता नगर्न सुझाएको उद्योगमन्त्री सुभाष देसाईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । भर्खरै सम्पन्न ‘म्याग्नेटिक महाराष्ट्र २.० इन्भेष्टर मिट’मा उक्त लगानीसम्बन्धी सम्झौता भएको थियो । तीन सम्झौतामध्ये ३ हजार ७ सय ७० करोड भारुको ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)सँग पुनेनजिकै अटोमोबाइल प्लान्ट बनाउने सम्झौता भएको थियो ।
त्यस्तै पीएमआई इलेक्ट्रो मोबिलिटीले फोटोन (चाइना)सँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा १ हजार करोड भारु लगानी गर्ने र १५ सय रोजगारी सिर्जना गर्ने सम्झौता भएको थियो । त्यस्तै चिनियाँ कम्पनी हेंग्ली इन्जिनियरिङसँग पनि २ सय ५० करोड भारु लगानीसम्बन्धी सम्झौता भएको बताइएको छ । म्याग्नेटिक महाराष्ट्रमा १२ वटा सम्झौता भएको थियो। जसमा सिंगापुर, दक्षिण कोरिया र अमेरिका तथा अरु भारतीय कम्पनीहरुले लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । कुल १ अर्ब डलरको सम्झौता भएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया