कास्कीमा ट्राफिक प्रहरीबाट छ करोड ८७ लाख राजस्व संकलन
पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०८१/८१ मा मा छ करोड ८७ लाख १३ हजार छ रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही गर्दा जरिवानाबापत संकलन भएको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८१ मा कुल ८४ हजार पाँच सय २३ सवारी कारबाहीमा परेका छन् । प्रहरीले दुईपाङ्ग्रे सवारीको रूप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्ने सवारीमाथि कारबाही गर्ने अभियान नै चलाएको थियो । ध्वनि प्रदूषण गर्ने गरी मोडिफाइड एक हजार नौ सय ८६ मोटरसाइकल कारबाहीमा परेका थिए । सोबापत मात्रै २८ लाख १० हजार तीन सय रुपैयाँ जरिवाना संकलन भएको खड्काले जानकारी दिए । यस्तै, पाँच वर्षसम्म नवीकरण फेल भएका ११ वटा सवारी र मिटरमा जान नमान्ने पाँच सय ७८ भाडाका ट्याक्सी पनि कारबाहीको भागिदार भएको उनले बताए ।
साथै, अत्यधिक मात्रामा कालो धुँवा फाल्ने छ वटा, राइड सेयरिङ इनड्राइभ, पठाओ, टुटलजस्ता मोबाइल एप प्रयोग गरी अनाधिकृतरूपमा यात्रु ओसारपसार गर्ने २२ वटा दुईपाङ्ग्रे र चार चारपाङ्ग्रे सवारीलाई ट्राफिकले कारबाही गरेको छ ।
क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया