ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । सन् १९९२ मा युरो मनी म्यागाजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यसै वर्ष ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित गरेको थियो । युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरूले ग्लोबल आइएमई बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गर्दछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया