मेटलाइफ र कर्मयोग फाउन्डेसनको साझेदारीमा सार्वजनिक विद्यालयमा प्लेस्केपको निर्माण
काठमाडौं । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै मेटलाइफ नेपालले कर्मयोग फाउन्डेसनसँग करिब दुई सय ५० विद्यार्थीहरूलाई लाभ हुने गरी इटहरी १६ स्थित, लविपुरको जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ ।
यस डिजाइन गरिएको प्लेस्केपले सिकाइसँग खेल मिलाउँदै, बालबालिकाहरूलाई जीवन्त र उत्साहजनक वातावरण हुने बाचा गर्छ । यसले सबै बालबालिकाहरूबीच रचनात्मकता, शारीरिक गतिविधि र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिङ स्ट्रक्चरसम्बन्धी खेल क्षेत्रहरू, र शैक्षिक खेलहरूजस्ता विभिन्न अन्तक्र्रियात्मक तत्वहरू समावेश गर्छ । यो पहल मेटलाइफको समावेशी सामाजिक उत्तरदायित्व योजनाको एक हिस्सा हो, जसले नेपालमा शिक्षा र सामुदायिक कल्याणलाई समर्थन गर्छ ।
यस पहलअन्तर्गत मेटलाइफले विद्यालयमा अन्तक्रियात्मक प्लेस्केप विकास गर्नका लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था, कर्मयोग फाउन्डेसनलाई सात लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । यस प्लेस्केपले विद्यार्थीहरूको विशेष आवश्यकताहरू र क्षेत्रको सांस्कृतिक सन्दर्भसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्न स्थानीय वास्तुकारहरू, शिक्षकहरू र समुदायका सदस्यहरूलाई संयुक्त प्रयासमा समावेश गर्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया