एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा
काठमाडौं । टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको यस राइड टीभीएसको पोखरास्थित सोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो ।
उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए । सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७ दशमलव दुई किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए भने ७५ दशमलव ३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३ दशमलव ८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरू अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टीभीएसको पोखराको सोरुम, स्क्वायर मोटसका ओनर विनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई भव्य स्वागत गरेका थिए ।
टीभीएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा एक लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्सप्रति विश्वास बढाउनु हो । उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । यो राइडले टीभीएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरूबीचको सद्भावलाई पनि बलियो बनाएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया