Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी सिक्रेट सर्भिसका निर्देशकले दिए राजीनामा

अमेरिकी सिक्रेट सर्भिसका निर्देशकले दिए राजीनामा


वासिङ्टन डिसी । अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेका थिए ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो ।

हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भने, ‘यो धेरै ढिलो भएको छ, उहाँले यो काम कम्तीमा एक साता अघि गर्नुपर्ने थियो, उहाँले रिपब्लिकन र डेमोक्रेट दुवैको आह्वानलाई ध्यान दिनुभएकामा मलाई खुशी लागेको छ ।’

चिटलले सोमबार कांग्रेस कमिटीसमक्ष ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्वपूर्ण परिचालन असफलता थियो’ भनेका थिए ।

रिपब्लिकन र डेमोक्रेट दुवैले उनलाई राजीनामा दिन आह्वान गरेका थिए । उनले सक्रिय अनुसन्धानलाई उद्धृत गर्दै आक्रमणका बारेमा विशिष्ट विवरण दिन अस्वीकार गरेर दुवै दलका सांसदहरूलाई क्रोधित बनाएका थिए । ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल एसल्ट राइफलले उनीमाथि गोली चलाएका थिए । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x