बङ्गलादेशमा गिरफ्तारीको सङ्ख्या दुई हजार पाँच सय पुग्यो
ढाका । रोजगारी कोटाको विरोधमा व्यापक अशान्ति फैलिएपछि बङ्गलादेशमा हिंसाका दिनहरूमा गिरफ्तारीको सङ्ख्या मंगलबार दुई हजार पाँच सय नाघेको एएफपीले बताएको छ । प्रहरी र अस्पतालहरूले रिपोर्ट गरेका पीडितहरूको छुट्टै एएफपी गणनाअनुसार धेरै प्रहरी अधिकारीसहित कम्तीमा एक सय ७४ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा गतसाता सरकारी नोकरीका लागि राजनीतीकरण गरिएको भर्ना कोटाविरुद्ध प्रदर्शन सुरु भएको थियो । विरोध प्रदर्शनपछि मुलुकभर कफ्र्यु लगाइयो र सैनिकहरूलाई तैनाथ गरियो । राष्ट्रव्यापी इन्टरनेट ब्ल्याकआउटले सूचनाको प्रवाहलाई धेरै हदसम्म प्रतिबन्धित गर्यो ।
प्रदर्शनको नेतृत्व गरिरहेको विद्यार्थी समूहले सोमबार आफ्नो विरोध प्रदर्शन ४८ घन्टाका लागि स्थगित गरेको छ । समूहका नेताले ‘यति धेरै रगतको मूल्यमा’ सुधार चाहिएको थिएन भनेका छन् ।
आफूलाई ज्यानको खतरा रहेको बताउने नाहिद इस्लामले मंगलबार साँझ अर्को ४८ घन्टाका लागि स्थगितलाई थप बढाइएको बताउए । अर्थात् विरोध प्रदर्शन शुक्रबारसम्मका लागि स्थगित भएको छ । सेना प्रमुखले स्थितिलाई ‘नियन्त्रण’मा लिइएको बताए पनि प्रतिबन्ध कायमै छ । दूरसञ्चारमन्त्रीले ब्रोडब्यान्ड इन्टरनेट मंगलबार साँझ पुनःस्थापित हुने बताए । यद्यपि उहाँले विरोध प्रदर्शनका आयोजकहरूका लागि प्रमुख सञ्चार पद्धति मोबाइल इन्टरनेटबारे कुनै उल्लेख गरेका छैनन् ।
पहिलो पटक बैंक पुनः खुलेसँगै अधिकारीहरूले नागरिकहरूको दैनिक आवश्यकता प्राप्तिमा सहयोग गर्न बुधबार कर्फ्युमा दिउँसोको छुटमा पाँच घन्टासम्म बढाइने बताएका छन् ।
ढाकामा ठूलो सैन्य उपस्थिति थियो । केही चोकमा बङ्कर राखिएका थिए र प्रमुख सडकहरूमा काँडेतारले अवरोध बनाइएको थियो । यद्यपि सडकहरूमा सयौँ रिक्सासहित धेरै मानिस थिए ।
विरोध प्रदर्शन आयोजना गर्ने मुख्य समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख नाहिदले ४८ घन्टाको विस्तारका क्रममा कुनै विरोध प्रदर्शन नहुने बताए । ‘सरकारले इन्टरनेट पुनःस्थापित गर्नुपर्छ, कफ्र्यु फिर्ता लिनुपर्छ, क्याम्पस खोल्नुपर्छ र विद्यार्थी आन्दोलनकारीहरूको सुरक्षा गर्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने । उनले आफ्नो सङ्गठनबाट बेपत्ता भएका चार संयोजकलाई ‘फिर्ता’ गर्नुपर्ने माग गरे ।
सम्पूर्ण बङ्गलादेशमा धेरै हदसम्म व्यवस्था बहाल भए पनि बङ्गलादेशी राजनीतिमा सिडनीस्थित विशेषज्ञ मुबाशर हसनले यस कारवाहीले सरकारको विश्वव्यापी छविलाई अझ धमिल्याउने बताए ।
‘यसलाई राजनीतिलाई अपराधिकरण गर्ने सरकारका रूपमा थप बुझिनेछ, सरकारले आन्दोलनकारी, आफ्नै नागरिकलाई गोली हान्न आफ्नै सुरक्षा बलको प्रयोग गर्दछ’, उनले भने । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया