कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपतिको उम्मेद्वार बन्न पार्टीभित्र बहुमत
वासिङ्टन । अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट बाइडेन फिर्ता भएको २४ घण्टा नबित्दै कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारीका लागि बहुमत हासिल गरेकी छन् । न्यूयोर्क टाइम्सका अनुसार कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवारीका लागि हालसम्म चार हजारमध्ये एक हजार नौ सय ७६ प्रतिनिधिको समर्थन प्राप्त गरिसकेका छन् ।
अगस्ट १ देखि ७ सम्म, डेमोक्रयाटहरूले मनोनयनका लागि पहिलो चरणको मतदान गर्नेछन् । कमला ह्यारिसले राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पहिलो पटक जनतालाई सम्बोधन गरेकी थिइन् ।
पार्टीभित्र बहुमत प्राप्त गरेपछि उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको कामको प्रशंसा गरिन् । उनले राष्ट्रपति बाइडेनले चार वर्षमा यति धेरै काम गरेका छन् जुन धेरै राष्ट्रपतिले दुई कार्यकालमा पूरा गर्न नसकेको बताइन् ।
कमला ह्यारिस पेरिस ओलम्पिक अघि ह्वाइट हाउसमा अमेरिकी खेलाडीहरूको अभिनन्दन समारोहमा पुगेकी थिइन् । कोभिड पोजिटिभ भएका कारण बाइडेन कार्यक्रममा उपस्थित थिएनन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया