भारतमा बजेट सार्वजनिक
नयाँदिल्ली । भारत सरकारले चार सय ८० खर्ब भारतीय रुपैयाँबराबरको बजेट सार्वजनिक भएकोे छ । यसमध्ये एक सय ११ खर्ब भारतीय रुपैयाँ पुँजीगत खर्च छ ।
अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट सार्वजनिक गरेकी हुन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बनेपछिको यो पहिलो बजेट हो भने अर्थमन्त्री सीतारमणले सातौँ पटक बजेट सार्वजनिक गरेकी छिन् ।
गत फेब्रुअरीमा सार्वजनिक गरिएको अन्तरिम बजेटको तुलनामा बजेटको आकार त्यति धेरै बढाइएको छैन । फेब्रुअरीमा चार सय ७६ खर्ब ५७ अर्ब ६८ करोड भारतीय रुपैयाँबराबरको अन्तरिम बजेट सार्वजनिक गरिएको थियो ।
भारत सरकारले सबैभन्दा धेरै बजेट रक्षातर्फ ४५ खर्ब ४७ अर्ब ७३ करोड भारतीय रुपैयाँ छुट्याएको छ । त्यसपछि ग्रामीण विकासमा २६ खर्ब ५८ अर्ब आठ करोड रुपैयाँ र तेस्रोमा कृषितर्फ १५ खर्ब १८ अर्ब ५१ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।
राजस्व बजेटको सबैभन्दा ठूलो हिस्सा सेनाको तलब वितरणमा खर्च हुने भएकोे छ । राजस्व बजेट दुई लाख ८२ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ । जुन कुल रक्षा बजेटको ४५ प्रतिशत हो । सन २०२३मा राजस्व बजेट दुई दशमलव सात लाख करोड रुपैयाँ र खर्च दुई दशमलव ९८ लाख करोड रुपैयाँ थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया