कानुनी कारबाहीबाट १० करोड बढी राजस्व संकलन
जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम संकलन गरिएको हो ।
लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने सूचना जारी गरेपछि त्यसमध्येका २० व्यावसायिक प्रतिष्ठानले जरिवाना रकम बुझाएका हुन् । कार्यालयबाट प्राप्त विवरणअनुसार कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छन् । जसमध्ये गत आर्थिक वर्षमा १५ हजार करदाताले वार्षिक आयव्यय अर्थात् राजस्व बुझाएका छन् । अहिलेसम्म २२ हजार व्यावसायिक पान नम्बर लिएका करदाताले राजस्व नतिरेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ । साथै, अघिल्लो आव २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आवमा तीन अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
कार्यालयलाई गत आर्थिक वर्ष चार अर्ब ४६ करोड ६३ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए । गत आवमा कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरवापत एक अर्ब ४५ करोड ४७ लाख रुपैयाँ, घर भाडावापत छ करोड ३५ लाख ६६ हजार रुपैयाँ, ब्याजकरवापत ११ करोड ११ लाख २२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत एक अर्ब ३० करोड १५ लाख ५५ हजार रुपैयाँ, अन्तःशुल्कवापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार रुपैयाँ, स्वास्थ्यकरवापत ११ लाख तीन हजार रुपैयाँ तथा शिक्षाकरवापत ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।
क्याटेगोरी : मधेश प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया