सेलबेजद्वारा पोखरामा दुई शाखा विस्तार
पोखरा । सेलबेज डिपार्टमेन्टल स्टोरले पोखरामा दुई वटा शाखा विस्तार गरेको छ । सेलबेजले पोखरा–१७ विरौटा र पोखरा–५ प्रस्याङमा शाखा विस्तार गरेको हो । योसँगै सेलबेजका १० शाखा पुगेका छन् ।
सेलबेजले सेल्सबेरी ब्रान्डमा समेत डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको छ । सेलबेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले जानकारी दिए । बिरौटा, छोरेपाटन र पुम्दीभुम्दीवासीलाई लक्षित गरी विरौटा शाखा, प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्षित गरिएको उनले बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहजरूपमा पाइने उनले बताए । सेलबेजले यसअघि पोखराको चिप्लेढुङ्गा, लेकसाइड, बिरौटा, भद्रकाली, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा विस्तार गरिसकेको छ । केही महिनाभित्रै पोखराका अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने व्यवस्थापक गिरीले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्य सामग्री, विद्युतीय सामान राखिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया