त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा
त्रिशूली (नुवाकोट) । त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । “जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,” निर्देशक डा. लामाले भने, “बिरामीको रोग पत्ता लगाउन सहज भएसँगै अस्पतालले प्रवाह गर्ने सेवा र अस्पतालप्रतिको विश्वास समेत बढाउन उल्लेख्य सहयोग पुग्नेछ । बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।”
शरीरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अति नै महत्वपूर्ण मानिने सिटीस्क्यान उपकरणले मस्तिष्क, टाउको, घाँटी, छाती, पेट, आन्द्रा, कलेजो, फोक्सो, नशालगायत शरीरको भित्र अङ्गका रोगको पहिचानका लागि प्रभावकारी मानिने गरिएको छ । राससका अनुसार उपकरणका सहायताले सघन प्रकृतिका रोगको समस्या पहिचान गरेर त्यसको समयमै निदानका लागि प्रभावकारी मानिने निर्देशक डा. लामाको भनाइ छ ।
अस्पतालले सिटी स्क्यान सेवा उपभोगका लागि रोगका प्रकृति र जाँच गर्नुपर्ने अवस्था हेरेर तीन हजार देखि आठ हजारसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा स्वास्थ्य बीमा गरेका बिरामीले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले एक हजारभन्दा कम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाउनेछन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया