युद्धग्रस्त मुलुकमा श्रमिक पठाउने निर्णय फिर्ता लिन माग
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले युद्धग्रस्त मुलुकमा श्रमिक पठाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
जेटीयुसीसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तानलगायतका देशमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो । जेटीयुसीसीका अध्यक्ष योगेन्द्र कुमार कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुकमा नपठाउन सरकारसँग आग्रह गरेका छन् । हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनन् गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको छ । रोजगारीको नाममा जानीजानी युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति गर्दै श्रमिकहरूलाई पठाउनु मानवतामाथिको घोर अन्याय भएको जेटीयुसीसीले जनाएको छ । सरकारले इजरायल—प्यालेस्टाइन युद्धमा बन्दक बनाइएका निर्दोश नेपाली नागरिक विपिन जोशीको सरकारले लामो समयसम्म पत्ता लगाउन सकेको छैन । रसिया—युक्रेन युद्धमा कैयन नेपालीको ज्यान गएको छ । रसियाबाट फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन समेत नसकिरहेको अवस्थामा फेरि नेपाली श्रमिकहरूलाई युद्धग्रस्त मुलुकमा पठाउने निर्णय भएको भन्दै जेटीयुसीसीले सो निर्णय तत्काल फिर्ता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग माग गरेको हो ।
यसैगरी जेटीयुसीसीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको अवस्था र न्यूनतम श्रम मापदण्डअनुसार सुविधा पाए नपाएको समग्र अनुगमन गरी सहजीकरण गर्न समेत सरकारसँग आग्रह गरेको छ । श्रमिकको जीवनलाई सुरक्षित बनाउन सामाजिक सुरक्षाको दायरामा समावेश गराउन सरकारी एवं कूटनीतिक नियोगहरूको भूमिकालाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण भूमिका खेल्नु आवश्यक रहेको जेटीयुसीसीको भनाइ छ । यस्तै, देशमा रोजगारीको अभावमा विदेशिनुपर्ने बाध्यताले गाउँ, सहरहरू खाली हँुदै गएको उल्लेख गर्दै जेटीयुसीसीले यसलाई रोक्नका लागि रोजगारी सिर्जनाका विशेष योजनाहरू बनाई आन्तरिक रोजगार प्रवर्द्धन एवं श्रम बजार सुदृढीकरण जरुरी भएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया