म्याग्दीको गलेश्वर शिवलायमा एकै दिन तीन लाख ७२ हजार भेटी संकलन
काठमाडौं । म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय मन्दिरमा एकै दिन तीन लाख ७२ हजार रुपैयाँ भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार दर्शन र पूजा गर्न पुगेका भक्तजनमार्फत तीन लाख ७२ हजार तीन ७२ रुपैयाँ भेटी संकलन भएको हो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्यसचिव बलबहादुर खत्रीका अनुसार कोषका पदाधिकारी, सुरक्षा निकाय र स्थानीय सरोकारवालाको रोहोवरमा संकलित भेटी रकम गणना गरिएको थियो । सो दिन गलेश्वर शिवालयमा २० हजार बढी भक्तजन पुगेका थिए । यस पटक म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, रुपन्देही, काठमाडौंलगायतका स्थानबाट भक्तजन आएको कोषले जनाएको छ । मन्दिर, दानपेटिका, कुण्ड, शिवलिंग लगायतका ठाउँमा चढाएका भेटी रकमलाई कोषले गणना गरेर बैंक खातामा जम्मा गरिएको सदस्यसचिव खत्रीले जानकारी दिए । संकलित रकमलाई सरोकारवालाको रोहोवरमा गणना गरीे बैँक खातामा जम्मा गरिने र आवश्यकता अनुसार धार्मिक संरचना, पूर्वाधार निर्माण तथा कोषको नियमित कर्ख गरिँदै आएको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।
आफ्नो मनोकांक्षासहित परिवारमा सुख, शान्तिको कामनाका साथ भक्तजन गलेश्वर शिवालयको दर्शन गर्न पुग्ने गरेका छन् । सोमबार महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजाअर्चना गर्ने गर्दछन् । गत सोमबार देशैभरका शिव मन्दिरमा व्रतालु महिलाको भीड लागेको थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ ।
मुस्ताङमास्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले गौमुखी धारामा स्नान गर्ने व्यवस्था मिलाइएको हो । पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर महादेव पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आइपुग्दा गला पतन भएको र त्यसपछि गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थ र पुराणमा उल्लेख छ ।
क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया