Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशढुङ्गासहित खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

ढुङ्गासहित खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध


म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा शुक्रबार बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाउन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले जानकारी दिए ।

“लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उनले बताए । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x