वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार शिष्टचार भेट गरेका छन् ।
मन्त्रालयमा शुक्रबार भएको सो भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय जलवायु परिर्वतनका कारण भएको क्षतिको जोखिम कम गर्न छिमेकी राष्ट्र भारतको सहयोगको अपेक्षा गरेको बताएको मन्त्रालयले राससलाई जनाएको छ ।
मन्त्री शाहीले दोधारा चाँदनी क्षेत्रमा वातावरणले पार्ने असर न्यूनीकरणका साथै पिछडिएको हिमाली जिल्ला मुगुमा विद्यालय भवन निर्माण, रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको विकासमा भारतको सहयोगको अपेक्षा गरिएको बताएका थिए ।
राजदूत श्रीवास्तवले दोधारा चाँदनीमा सुरक्षा चौकी स्थापना गर्ने विषयमा दुई देशबीच पहिला नै मौखिक सहमति भएको बताउँदै यस कार्यको वातावरणीय अध्यायन भइरहेको जानकारी गराएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
राजदूत श्रीवास्तवले भारतीय सहयोगमा नेपालमा भौतिक पूर्वाधार निर्माण, क्षमता विकास तालिमलगायत सहयोगका कार्यक्रम हुँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने जानकारी मन्त्री शाहीलाई दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया