Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिटरब्याजी दिपकचन्द्र कुँवरको षड्यन्त्रमा नापित फन्दामा !

मिटरब्याजी दिपकचन्द्र कुँवरको षड्यन्त्रमा नापित फन्दामा !


जग्गामा लगानी गर्ने भनेर पटक–पटक गरी ५० लाखभन्दा बढी रकम लिएका एक व्यक्तिले उसैसँग खाली चेक लिएर उल्टै रकम सापट दिने व्यक्तिलाई नै चेक बाउन्सको केसमा मुद्दा लगाएको पाइएको छ । चितवन रत्ननगर नगरपालिका वडा नं. १६ कुँवर टोलका दिपकचन्द्र कुँवरले शंखरापुर ६ की रामेश्वरी नापितलाई त्यसरी फसाएका हुन् । पीडित भनिएकी नापितका अनुसार २०७५ माघ २ गते साँखुस्थित बज्रसाली बचत तथा ऋण सहकारीले रामेश्वरी नापितलाई बिगोको म्याद पठाएको र दिपकले त्यसलाई आफूअनुकूल पारी षड्यन्त्रपूर्वक नापितको नामको चेक मेरो नाममा काटनू म रोक्कामाथि रोक्का राखेर तिम्रो लिलाम हुनलागेको जग्गा रोक्का गरिदिन्छु भनेर नापितलाई भनेका थिए । आफ्नै योजनामा कुँवरले आफू बस्ने डेरानजिकै रहेको कलङ्कीस्थित सिटिजन्स बैंकमा एक हजार रुपैयाँ डिपोजिट गरिदिएर नापितको नाममा बैंक खाता खोलिदिएर १० लाख रुपैयाँको खाली चेक आफ्नो नाममा काट्न लगाएको पाइएको छ ।

खराब नियत राखेका कुँवरले बहाना गरेर फेरि त्यसैगरी पहिलो चेकको सिग्नेचर, छाप मिलेन भनेर पुनः दोस्रो पटक १० लाखकै चेक लगेर गएका थिए । सहकारीले लिलाम गर्नलागेको घर बच्ला भनेर होला कुँवरको कुरालाई विश्वास गरेकी नापित अहिले कुँवरकै कारणले घर न घाटको भएर अप्ठ्यारोमा परेकी छिन् । नापित र कुँवरबीच आपसी सहमतिमा एउटा १० लाखको चेक बाउन्स गरी लिलाम हुनलागेकोे घरजग्गा रोक्का राख्ने सहमति भए पनि कुँवरले उक्त प्रस्तावलाई दुरुपयोग गरेको नापित बताउँछिन् ।ठगेर खाने सोच बनाएको कुँवरले दुईवटै चेक बाउन्सको केसमा आफूलाई चेक अनादरको मुद्दा राखेको पीडितले बताएकी छिन् । २०६२ सालमा नै साँखुस्थित आफ्नो किराना पसलमा कुँवरसँग भेट भएको र पछि पटक–पटक आफ्नो पसलमा आएर कुँवरले निकटजस्तै गरेर कुराकानी गरी ट्र्यापमा पारेको अहिले पुष्टि भएको बताइन् ।

‘भेटवार्ताका क्रममा दिपकचन्द्र कुँवरले आफू अविवाहित रहेको, आफ्ना दाजुभाइ र आमाले पनि हेलाको नजरले हेर्नेगरेको र आफूले सारै दुःख पाएको कुरा मसँग उल्लेख गरेका थिए’, उनले भनिन् । आफूसँग राम्रा योजनाहरू भए पनि एक्लै सफल हुन नसक्ने भावनात्मक कुरा गरेर ‘ब्ल्याकमेल’ गरी हारगुहार, रोईकराई पटक–पटक सहयोगको याचना मागेपछि उनको कुरा सत्य होला भनी अप्ठ्यारोमा परेको मान्छेलाई सहयोग गर्नु धर्म हुन्छ भन्ने ठानेर कुँवरलाई सहयोग गरेको नापितले बताइन् । विभिन्न बहाना बनाई कुँवरले सानो रकम पाँच सय, हजार रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म लिएर गएको नापितको भनाइ छ ।
त्यसरी कुँवरलाई निकट साथी सम्झेर सहयोग गर्दा उल्टै कुँवरले बेइमानी गरी विश्वासघात गरेको बताएकी छिन् । २०६२ सालमा नापितसँग भेट भएपछि २०६५ साल करिब तीन वर्षको बीचमा राम्रो विश्वासको देखिएपछि नापित र कुँवरबीच जग्गा व्यवसायको कारोबार गर्ने मौखिक सहमति भएको र जसअनुसार नापितले पैसा लगानी गर्ने र कुँवरले काम गर्ने तर, नाफा र ऋण बराबर भाग लगाउने सहमति भएको थियो । जसअनुसार उनीहरूले नैकापमा ७ आना जग्गामा बैना गरेका थिए । उक्त जग्गा बिक्री नभई फेरि अर्को जग्गामा लगानी गर्न कुँवरले नापितलाई अनुरोध गरेका थिए ।

तर, नपितले नमानेको उल्लेख गरेकी छिन् । नापितबाट पैसा फुत्काउन कुँवरले जग्गाको तुरुप फालेर सफल भएपछि दोस्रो पटक आफू गम्भीर बिरामी भएको मुखबाट पटक–पटक रगत आएको मसँग पैसा छैन आफू उपचार नपाए मर्ने भन्ने कुरा उल्लेख गरेपछि नापितसँग नाटकै गरेर पैसा फुत्काएका थिए ।नापितले आफूसँग पैसा नभएर अप्ठ्यारोमा सहयोग गर्नुपर्छ भनी आफ्नो साथी पर्ने रजनी श्रेष्ठको नाममा रहेको जग्गा सहकारीमा धितो राखेर १४ लाख रुपैयाँ लिएर कुँवरलाई दिएकी थिइन् ।

तर, अहिले पैसा तिर्नुपर्छ भनी कुँवरले पहिला घरजग्गा सहकारीबाट लिलामी बचाउन दुई जनामा सहमतिअनुसार चेक बाउन्स गराएको पत्र र पछि सिग्नेचर र सहीछाप मिलेन भनेर झुक्याएको चेकलाई समेत दुरुपयोग गरेर कुँवरले आफू बाठो बनेर उल्टै नापितमाथि २० लाखको चेक बाउन्सको मुद्दा हालेका छन् । २०७४ साल फागुन २७ गते सहकारीले लिलाम गर्नलागेको घर बचाउन चेक बाउन्स गर्ने सहमति भएको मुद्दाको सक्कली पत्र नापितसँग फेला परेको छ । पछि २०७६ साल पुस २७ गते बदनियतपूर्वक उल्टै २० लाख लिन रहेको भनी नापितविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको पाइएको छ । पैसा हिनामिना घरेर पार्टनरलाई अलपत्र पारेर फरार भएका कुँवरले एक्कासि दुई वर्षपछि बदनियतपूर्वक मुद्दा दर्ता गर्नुलाई रहस्यमय तरिकाले हेरिएको छ । नापितले आफ्नो पैसा माग्न सम्पर्क गर्दा कुँवर सम्पर्कविहीन बनी ठगेर फरार भएका थिए ।

हिसाबकिताब अलपत्र पारेर पैसा लिई फरार भएका कुँवरको कारणले गर्दा पीडित भएको बताउने नापितले बैंकिङ र सहकारीको किस्ता ब्याज सबै जोड्दा कुँवरले तिर्नुपर्ने ५० लाखभन्दा बढी रकम आफूले तिरिसकेको बताएकी छिन् । एक जना मान्छेले विश्वासघात गरेर बदमासी गर्दा सहयोग गर्ने मान्छे आफैँ घरबारविहीन हुनपुगेको बताएकी छिन् भने केही पनि नभएको उपचार गर्ने पैसा समेत छैन भनेर बहाना बनाएको दिपकचन्द्र कुँवरले चितवनमा पक्की घर ठड्याएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x