Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा एक अर्ब ३३ करोड

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा एक अर्ब ३३ करोड


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ३३ करोड पाँच लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १० करोड रुपैंयाँले कम हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा एक अर्ब ४१ करोड ५२ लाख छ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैंयाँ रहेको बैंकले आव २०८०/८१ मा ८२ करोड ९८ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८६ करोड ४९ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने बैंकले ८९ करोड १६ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब छ करोड ३१ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले दुई अर्ब ७२ करोड ६० लाख आठ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x