Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबीआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर, गोपाल हमाललाई औपचारिकहरूमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रम बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारीलगायत बैंकका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

हाल बैंकले एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x