बीवाईडीको दुई नयाँ सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ ।
कम्पनीले राजधानीको गौरीघाट र कुपण्डोलमा सुविधासम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइनअनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइएको छ । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने आठ सर्भिस बे रहेका छन् । त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ ।
गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए, जो फर्स्ट जेन बीवाईडी ई ६ को पहिला ग्राहक हुन् । कुपन्डोलमा नयाँ सर्भिस सेन्टर ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपन्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । आठ हजार पाँच सय ५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा छ सर्भिस बे रहेका छन् । यीमध्ये दुई वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने चार वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् ।
सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ । इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए । आफ्ना ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्ने कार्यमा कम्पनी सदैव प्रतिबद्ध रहेको जनाइएको छ । कम्पनीका अनुसार बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूद्वारा समय–समयमा प्रदान गरिने तालिमबाट सबै साइमेक्स सर्भिसका कर्मचारीहरू प्रशिक्षित छन् । साथै, ग्राहकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
परिस्कृत सर्भिस सेन्टरबाहेक साइमेक्सले आवश्यकताअनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ । हाल गौरीघाट र कुपन्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, चितवन, बुटवल, नेपालगञ्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिनाभित्रै इटहरी, पोखरा, स्वयम्भु, भक्तपुर र बनेपामा समेत बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा आउने छन् । ‘नयाँ सुविधासहित काठमाडौं उपत्यकामा सर्भिस नेटवर्क विस्तार गर्न पाउँदा हामी हर्षित छौ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य भनेको उच्चस्तरीय क्वालिटी र केयरका साथ ग्राहकको आवश्यकता पूरा गर्दै अतुलनीय सर्भिस अनुभव प्रदान गर्नु हो ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया