Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्पेनिस लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह

स्पेनिस लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरेका हुन् । भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्याकलाई पनि प्रकाश पार्दै बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्याम्बरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे । उनले दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताए । ढकालले पछिल्लो दशकमा नेपालको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चार प्रतिशतदेखि छ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले आठ वटा लगानी ऐन परिमार्जन गरेको उनले बताए । ‘यी सुधारहरू विदेशी लगानीका लागि थप अनुकूल वातावरण सिर्जना गर्न र नेपालमा व्यापार गर्न सहजता सुनिश्चित गर्न गरिएको हो’, उनले भने । ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको बताए । उनले भारत र चीनबीचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध गराएको उल्लेख गरे । ‘हामीले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले खुला र उदार व्यापार नीति लिएका छौं’, उनले भने । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने बताए ।

यसैबीच बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचले दुई च्याम्बरबीच राम्रो सहकार्य हुन सक्ने बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीका लागि पहल गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x