बैंक तथा वित्तीय संस्थाले अमेरिकी डलरमा मात्रै स्वाप कारोबार गर्न पाउने
नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१ कार्यान्वनमा आएको छ । नेपाल राष्ट्र बैंकले आइतबारबाट विदेशी विनिमय (नियमित गर्ने ऐन) २० १९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । विनियमावलीअनुसार विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउन्टरपार्टीबीच ‘खरिद–बिक्री अमेरिकी डलर÷नेपाली रुपैयाँ स्वाप कारोबार गर्न सकिनेछ । स्वाप कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले काउन्टरपार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ बिक्री गर्नेछ । यसैगरी स्वाप कारोबारको दोस्रो चरणमा पहिलो चरणको कारोबार रकमबराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको फरवार्ड दरमा राष्ट्र बैंकले काउन्टरपार्टीलाई बिक्री गरी नेपाली रुपैयाँ खरिद गर्नेछ । राष्ट्र बैंकका अनुसार उल्लिखित अमेरिकी डलर रकम, स्पट दर, पहिलो चरणको कारोबार राफसाफ मिति, फरवार्ड दर र दोस्रो चरणको कारोबार राफसाफ मिति स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गरिनेछ ।
स्वाप कारोबारको लागि योग्य काउन्टरपार्टी बन्नको लागि भने विनियमावलीबमोजिम गरिने स्वाप कारोबारका लागि नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (संशोधनसहित) बमोजिम विदेशबाट भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने अनुमतिप्राप्त वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंक काउन्टरपार्टी बन्न योग्य हुनेछन् । यो विनियमावलीबमोजिम गरिने स्वाप कारोबार अमेरिकी डलर÷नेपाली रुपैयाँमा हुनेछ स्वाप कारोबारको स्पट दर तथा फरवार्ड दर निर्धारण हुने विधिअन्तर्गत भने नेपाल राष्ट्र बैंक विदेशी मुद्रा खरिदबिक्री तथा बजार हस्तक्षेप निर्देशिका, २०७८ को दफा ८ बमोजिम हुनआउने अमेरिकी डलर र नेपाली रुपैयाँको विनिमय दर नै स्वाप कारोबारको स्पट दर हुनेछ ।
विनियमावलीबमोजिम राष्ट्र बैंकलाई उपलब्ध हुने विदेशी मुद्रालाई राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी विनिमय लगानी निर्देशिका, २०७९ को व्यवस्थाको अधीनमा रही लगानी गर्न सक्नेछ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय लगानी निर्देशिका, २०७९ को व्यवस्थाको अधीन रही राष्ट्र बैंकले उपलब्धता तथा आवश्यकताको अधारमा थप स्वाप कारोबार, फरवार्ड कारोबार वा अन्य उपयुक्त विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उपकरणको कारोबार गर्न सक्नेछ । विनियमावली बमोजिम स्वाप कारोबार स्वीकृत हुने काउन्टरपार्टीले स्वाप कारोबारअन्तर्गत पहिलो चरणमा खरिद गरेको नेपाली रुपैयाँको परिचालन, अन्य हेजिङ उपकरणको प्रयोग, विदेशी ऋणको अवस्था (हेज र अन हेज पोजिसन) आदिको विवरण विभागलाई मासिकरुपमा महिना समाप्त भएको सात दिनभित्र उपलब्ध गराउनुपर्नेछ । यसबाहेक विभागले आवश्यकताअनुसार माग गरेको विवरण समेत काउन्टरपार्टीले पेस गर्नुपर्नेछ ।
स्वाप कारोबारको लागि स्वीकृत काउन्टरपार्टीले स्वाप कारोबारबमोजिम आफूले पहिलो चरणको स्वाप कारोबारमा बिक्री गरेको अमेरिकी डलर रकम राफसाफ मितिमा राष्ट्र बैंकको एजेन्सी खातामा जम्मा नगरी ढिला गरी जम्मा गरेको खण्डमा भने ढिला भए जति दिनको लागि सोही अवधिमा राष्ट्र बैंकलाई फेडरल रिजर्भ बैंकबाट रिपर्चेज एग्रिमेन्ट पुलमा प्राप्त हुने दरको हिसाबले दिन गन्ती आधारमा हुनआउने अमेरिकी डलरबराबरको रकम जरिबाना लगाइनेछ । तर, यस्तो जरिबाना रकम अमेरिकी डलर एक सयभन्दा कम हुने छैन, राष्ट्र बैंकले भनेको छ । स्वाप कारोबारको लागि स्वीकृत काउन्टरपार्टीले स्वाप कारोबारबमोजिम आफूले दोस्रो चरणको स्वाप कारोबारमा बिक्री गर्न स्वीकार गरेको नेपाली रुपैयाँ राफसाफ मितिमा उपलब्ध नगराई राष्ट्र बैंकलाई ढिला गरी उपलब्ध गराएको खण्डमा उक्त अवधिको लागि राष्ट्र बैंकले तोकेको प्रचलित बैंक दरको हिसाबले दिन गन्ती आधारमा जरिबाना लगाउनेछ । तर, यस्तो जरिबाना रकम नेपाली रुपैयाँ एक हजार रुपैयाँभन्दा कम नहुने विनियमावलीमा उल्लेख छ । माथि उल्लेख गरिएअनुसार जरिबाना लगाइएका काउन्टरपार्टीसँग वा यो विनियमावलीअन्तर्गतका व्यवस्था उल्लङ्घन गर्ने काउन्टरपार्टीसँग आगामी दिनमा स्वाप कारोबार नगर्ने गरी समितिले प्रतिबन्ध लगाउन सक्ने समेतको व्यवस्था रहेको विनियमावलीमा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया