Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवर्ल्डलिङ्कको दुईमा चार अफर सार्वजनिक

वर्ल्डलिङ्कको दुईमा चार अफर सार्वजनिक


काठमाडौं । इन्टरनेट प्रदायक कम्पनीले वर्ल्डलिङ्कले दुईमा चार अफर सार्वजनिक गरेको छ । यो अफर योजनाअनुसार एकैपल्ट दुई वर्षको पैसा तिर्दा कम्पनीको दुई सय एमबीपीएस गतिको इन्टरनेट मासिक सात सय ५० रुपैयाँमै पाउन सकिने भएको छ ।

कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने ‘दुईमा चार अफर’ नामक सार्वजनिक गरेको हो । कम्पनीको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई वटा नोकिया बिकन एक दशमलव एक र नेटटिभी एन्ड्रोइड सेट–टप बक्स समेत सित्तैमा पाउनेछन् । यसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार नौ सय ९० रुपैयाँ (भ्याटबाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्नेछ । यसैगरी दुई सय ५० एमबीपीएस र तीन सय एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । यसको मूल्य क्रमशः १९ हजार चार सय ९० रुपैयाँ र २२ हजार दुई सय ९० रुपैयाँ राखिएको कम्पनीले जनाएको छ ।

यस्तै, दुई सय, दुई सय ५० र तीन सय एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प भने यथावत् नै छन् । यसअनुसार दुई सय एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि तीन हजार तीन सय रुपैयाँ, छ महिनाका लागि छ हजार चार सय रुपैयाँ र १२ महिनाका लागि १२ हजार छ सय रुपैयाँ पर्न आउने कम्पनीले जनाएको छ । त्यस्तै, दुई सय ५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य तीन हजार छ सय रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार आठ सय रुपैयाँ रहेको छ ।

यसबाहेक तीन सय एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार नौ सय रुपैयाँ र एक वर्षका लागि १५ हजार छ सय रुपैयाँ शुल्क हुन आउने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x