लिट्मस केबल्सको ‘पावर पार्टनर्स मिट’
काठमाडौं । नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको हायात होटलमा आयोजित सो कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एमईपी, ईपीसी तथा कर्पोरेट पार्टनर्सहरूको सहभागिता रहेको थियो ।
सो कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो । कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजनाका साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायर जेडएचबारे पनि सहभागीहरूलाई जानकारी गराएको थियो । कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको लगभग पाँच दशकको यात्रा र उपलब्धिहरूबारे विस्तृतरूपमा चर्चा गरेका थिए भने कम्पनीका उपाध्यक्ष सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे आफ्ना धारणा राखेका थिए । मिश्राले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रूपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको पनि बताए ।
सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वकाङ्क्षी र रणनीतिक भावी योजनाअन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया