सडक विभाग परिसरमा वृक्षारोपण
काठमाडौं । सहिद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा काठमाडौंको बबरमहलस्थित सडक विभाग परिसर सरसफाइ तथा सौन्दर्यीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिले सो कार्यक्रमअन्तर्गत सडक विभाग परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको हो । विभागीय कार्यसमितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक रामहरि पोखरेल र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल सहभागी थिए । सो कार्यक्रममा मन्त्रालय र अन्तर्गतका सहसचिवहरू, उपसचिवहरू, इञ्जिनियर, सब इञ्जिनियरदेखि सडकमा प्रत्यक्ष काम गर्ने लेन्थवर्कर समेत गरी एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमका कार्यसमितिका अध्यक्ष खतिवडाले सरसफाइ अभियान प्रतिकात्मक भएको अब कार्यालय परिसरको फोहोरसँगै मन्त्रालयभित्रका विसंगतिहरूको सफाइ गर्नेतर्फ संगठन अगाडि बढ्ने जानकारी दिए । संगठनले सहिद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवस प्रत्येक साउन १५ गते मनाइँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया