ओली सरकारको काम नियुक्ति, सरुवा र सिफारिस
केपी शर्मा ओली नेतृत्वको सरकारले तीनवटा प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति, १८ जना राजदूत सिफारिस र नेपाल सरकारका २१ जना सचिवको सरुवा गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गरिएको हो । बागमतीका यादव शर्मालाई हटाएर दीपकप्रकाश देवकोटा, लुम्बिनीका अमिक शेरचनलाई हटाएर कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका तिलक परियारलाई हटाएर यज्ञराज जोशीलाई नियुक्त गरिएको छ ।
यस्तै, सरकारले विभिन्न मन्त्रालयका २१ जना सचिवलाई सरुवा गरेको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेर अर्थकै राजस्व सचिव राम प्रसाद घिमिरेलाई अर्थको सचिव बनाइएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा सरुवा गरिएको छ ।यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरेर केशव कुमार शर्मा बिडारीलाई भौतिक मन्त्रालयमा ल्याएको छ । शर्मालाई यसअघिका भौतिक मन्त्री रघुवीर महासेठले भौतिकबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा र हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
सरकारले सचिवहरु मुकुन्दप्रसाद निरौला, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, रामकृष्ण सुवेदी, राधिका अर्याल, भरतमणि सुवेदी, गोकर्णमणि दवाडी, अर्जुनप्रसाद पोखरेल, किरणराज शर्मा, मधुसुदन बुर्लाकोटी, नारायण प्रसाद दुवाडी, रामाधार साह, प्रमिला देवी बज्राचार्य र सुरेश आचार्यको पनि सरुवा गरिएको छ ।
मन्त्रिपरिषद्ले पाँच देशका राजदूत फिर्ता बोलाउने र १८ देशमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको । बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सरकारले चीन, रुस, अष्ट्रेलिया, श्रीलङ्का र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएर ती ठाउँमा नयाँ पठाउन लागेको हो ।सिफारिस भएका राजदूतहरुमा भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । प्रचण्ड सरकारले उनलाई हटाउने निर्णय गरेको थियो । सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि पूर्व सचिव चन्द्र घिमिरे, चीनका लागि कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई सिफारिस गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया