मनकामना केवलकारमा ५० करोड लगानी थपिँदै
पोखरा । नेपालको पहिलो केवुलकार मनकामना केवुलकारमा करिब ५० करोड लगानी थपिने भएको छ । केवलकारलाई आधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न सो लगानी थप्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
कम्पनीले हाल सेवा नै बन्द गरेर केबलकार स्तरोन्नतिको काम धमाधम गरिरहेको छ । केवलकारको निर्माता कम्पनी अस्ट्रियाबाट नै प्राविधिक आएर असार ३१ देखि काम सुरु गरेका थिए । नयाँ प्रविधिमा काम सम्पन्न गर्न करिब ५० दिन लाग्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । २६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापन गरेर अहिलेको विश्वमा प्रचलित प्रविधिअनुुसार स्तरोन्नति गर्न लागिएको कम्पनी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । ‘२६ वर्षअघि जडान गरिएको प्रविधि अब पुरानो भइसक्यो, त्यसमा अहिले धेरै विकास भइसकेको छ, निर्माता कम्पनीकै सुझावका आधारमा समयसापेक्ष स्तरोन्नति गर्न लागिएको हो’, उनले भने । अस्ट्रियाको डोपलमेर कम्पनीबाट निर्माण गरिएको यो केबुलकार २६ वर्षदेखि सञ्चालनमा छ । एनालग प्रविधिमा सञ्चालित केवलकारको प्रविधि अब डिजिटल प्रविधिमा रूपान्तरण हुने उनले बताए ।
उनका अनुसार डोपलमेर कम्पनीको डिकनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने प्रथम चरणको काम भने सन् २०२१ मा नै गरिएको थियो । सो काम सम्पन्न गर्न करिब नौ करोड रुपैयाँ लागत लागेको श्रेष्ठले बताए । ‘यसपटक दोस्रो र तेस्रो चरणको काम एकैचोटी गर्न लागिएको हो’, उनले भने, ‘अहिलेको ड्राइभ प्रणाली नै अर्को हुनेछ, कन्ट्रोल प्रणाली नै परिवर्तन भएर डिजिटल हुनेछ ।’ अबको चरणमा कन्ट्रोल सिस्टम कम्युनिकेसन केवलका साथै केवुलका लट्ठा फेरिने र पहिलेकै जस्तो स्तरीय र नयाँ हुने उनले बताए । उनले भने, ‘सुरक्षा दृष्टिकोणले ग्रिप प्रमुख मानिन्छ, यसैको माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य दुई वर्षअघि नै सम्पन्न गरिसकिएको छ ।’
केवलकारको अब २०/२५ वर्ष आयु बढ्ने र मर्मतसम्भार खर्च घट्ने उनको विश्वास छ । डिजिटल प्रविधिअनुसार केवलकार सञ्चालन छुट्टै सफ्टवेयरबाट हुनुका साथै कतिपय प्राविधिक समस्या अस्ट्रियाबाट नै अनलाइनमार्फत समाधान गर्न सकिने उनले बताए । केवलकार २०५४ माघबाट निर्माणको काम सुरु भई २०५५ मंसिरबाट व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । तत्कालीन समयमा केवलकार निर्माणमा ६५ करोड रुपैयाँ लगानी गरिएको थियो । केवलकारले हाल वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ । केवलकार सञ्चालनमा आएयता अहिलेसम्म एक करोड ८५ लाख बढी यात्रुले सेवा लिइसकेका छन् ।
कम्पनीका अनुसार केवलकार सेवा लिने यात्रुमा ७० प्रतिशत नेपाली छन् । साथै, २६ प्रतिशत भारतीय र अन्य विदेशी यात्रु चार प्रतिशतले सेवा लिएको कम्पनीले जनाएको छ । हाल केवलकारले एक सय ७५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । मनकामना आउने पर्यटकलाई लक्षित गरी मनकामना केवलकार हाताभित्र रिसोर्ट निर्माणको काम पनि धमाधम भइरहेको कम्पनीले जनाएको छ । करिब ५५ करोड लागत अनुमान गरिएको रिसोर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया