Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकलाई दूसीत् प्रिन्सेस्मा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई दूसीत् प्रिन्सेस्मा छुट


काठमाडौं । सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाडौंबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित दूसीत् प्रिन्सेस् काठमाडौंमा बैंकको कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको चौबीसै घण्टा खुला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यममार्फत सम्पर्क गर्न सकिने बैंकको भनाइ छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x