फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो
काठमाडौं । सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो फ्रि हेल्थ चेकअप क्याम्पको शुभारम्भ गरेको छ । हरेक शुक्रबार र शनिबार गरिने सो क्याम्पका बारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटमा राखिने स्टलमार्फत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीहरूले आवश्यक जानकारी प्रदान गर्नेछन् भने थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिँदै सहज वातावरणमा सेवा प्रदान गर्नेछन् । सो क्याम्पमा सीएफमोटो चढ्ने ग्राहकले आफ्नो बाइकको फ्रि चेकअप गराई फ्रि वासिङ समेत गराउन सक्छन् । साउन ११ र १२ गते राधेराधेमा स्टल सञ्चालन भएको थियो । चुच्चेपाटी, साउन १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा साउन २५ र २६ गते सातदोबाटो र गोङ्गबुुस्थित बीजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुनेछ । यद्यपि फ्रि हेल्थ चेकअप क्याम्प भने महिनाभर नै सबै सर्भिस सेन्टरमा सञ्चालन हुनेछ ।
काठमाडौं उपत्यकाबाहिर समेत सीएफमोटो मनसुन सर्भिस क्याम्प हुुँदैछ । यसअनुसार साउन १३ देखि १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर साउन २० देखि २२ सम्म बिर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र साउन २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा सो क्याम्प हुनेछ । सर्भिस क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १० प्रतिशत, इन्जिन आयलमा पाँच प्रतिशत र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । रिलायन्स ग्रुपले सीएफमोटो बाइकको आधिकारिक वितरक लिएसँगै बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्धतामा आक्रामक रणनीति लिएको छ । असार महिनाको सुरुवातमै आफ्नो कालोपुलस्थित सर्भिस सेन्टरमा सात दिने क्याम्प सञ्चालनसँगै सुरु गरेको कम्पनीले सो अभियानलाई हाल निरन्तरता दिएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया