एनसेल ‘बिज सधैँ अन’ ग्राहकका लागि लायन्सगेट प्ले
काठमाडौं । एनसेलले ‘सधैँ अन’ प्रतिको प्रतिबद्धताबमोजिम आफ्ना ‘बिज सधैँ अन’का ग्राहकहरूलाई उच्च गुणस्तरको कन्टेन्टहरू प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको छ ।
कम्पनीका अनुसार लायन्सगेट प्ले लायन्सगेट इन्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरूलाई बाँधिराख्ने खालका फ्रान्चाइजी, प्रिमियरलगायत थुप्रै प्रिमियम कन्टेन्टहरूको ठूलो लाइब्रेरी रहेको छ । यस सहकार्यको उद्देश्य बिज सधैँ अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रूपमा विशेष सामग्रीहरूमा पहुँच दिएर उनीहरूको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु रहेको कम्पनीले जनाएको छ । ‘बिज सधैँ अन’को सुरुवातपश्चात यस प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक रहेको छ ।
एनसेलका हेड अफ बिजनेस सोलुसन्स रञ्जन शर्माले लायन्सगेट प्ले कम्पनीका ‘बिज सधैँ अन’का ग्राहकहरूका लागि एकदमै विशेष अफर भएको बताए । ‘एक प्रकारले यो एक विशेष टिकट नै हो, जसले हाम्रा ग्राहकहरूलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरूमध्येको एक लायन्सगेटको बृहत् संग्रहमा पहुँच दिन्छ,’ उनले भने । स्ट्रिमिङ पार्टनरका रूपमा लायन्सगेटसँग सहकार्य सुरु भएपछि हालसम्म कम्पनीले ग्राहकहरूबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको उनले बताए ।
लायन्सगेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्छ । यसमा हलिउडका हिट फिल्महरूदेखि लिएर, टीभी सोहरू, लायन्सगेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरू, वृत्तचित्रहरू, बालबालिका र पारिवारिक सामग्रीहरू र विश्वका दर्शकहरूले मन पराउने अन्तर्राष्ट्रिय चलचित्रहरू रहेका छन् । ‘विश्वस्तरीय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्सगेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौँ,’ लायन्सगेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले भने । ‘समीक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलाहरूसहित हाम्रो सामग्रीहरूको बृहद् संग्रह देशभरका मनोरञ्जनप्रेमीहरूका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौँ ।’
लायन्सगेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरूले सजिलै आफ्ना सर्भिस प्लानलाई एस्ट्रिक्स १२३ ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्सगेट प्ले एप गुगल प्लेस्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया