Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिरोको एक्सचेञ्ज र इभल्भ सोरुम

हिरोको एक्सचेञ्ज र इभल्भ सोरुम


काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पका आधिकारिक विक्रेता सीजी मोटर्सले ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । कम्पनीको सो योजना आइतबारबाट सुरु भएर साउन १८ गतेसम्म सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार बनेपा, दुलेगौँडा, गौशल, धनुषाधाम, महेन्द्रनगर इस्ट, सुरुङ्गा, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर गरी नौ ठाउँमा सो योजना सञ्चालन हुने जनाइएको छ । यस मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्याङ्कनभन्दा आठ हजार बढीको मूल्याङ्कन पाउने आयोजकले जनाएको छ । साथै, एक्सचेञ्ज अफरमा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ । एक्सचेञ्ज अफरमा ग्राहकहरूले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुमका दुई पाङ्ग्रे सवारी लिन सक्नेछन् ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो सोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x